Logo

२०८३ कार्तिक १५ गते आइतवार

२०८३ कार्तिक १५ गते आइतवार

पीआर लिएका मुद्रण सहायक वाग्लेलाई ३० दिनभित्र स्पष्टीकरण पेस गर्न सूचना

पीआर लिएका मुद्रण सहायक वाग्लेलाई ३० दिनभित्र स्पष्टीकरण पेस गर्न सूचना


  • 1.1K
    Shares

    पीआर लिएका मुद्रण सहायक वाग्लेलाई ३० दिनभित्र स्पष्टीकरण पेस गर्न सूचना
    images

    काठमाडौं । मुद्रण विभागले विदेशी मुलुकको स्थायी आवासीय अनुमति (पीआर) लिएका मुद्रण सहायक किरण वाग्लेसँग ३० दिनभित्र स्पष्टीकरण पेस गर्न सार्वजनिक सूचना जारी गरेको छ।

    विभागको शिक्षा सेवाको मुद्रण व्यवस्थापन समूहमा मुद्रण सहायक पदमा पदाधिकार रहेका वाग्ले स्वीकृत असाधारण बिदा समाप्त भएपछि पनि विभागमा अनुपस्थित रहेका थिए। 

    उनले विदेशी मुलुकको स्थायी आवासीय अनुमति (पीआर) लिएको पाइएपछि निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (२) खण्ड (ग) बमोजिम कसुर गरेको देखिएको छ।

    उक्त कसुरमा ऐनको दफा ५९ को खण्ड (ख) को देहाय (२) बमोजिम सजाय नगर्नुपर्ने कुनै उचित आधार र कारण भए निजामती सेवा नियमावली, २०५० को नियम ११० को खण्ड (क) बमोजिम सफाइ पेस गर्न गत साउन १९ गते सूचना प्रकाशित गरिएको थियो।

    तोकिएको समयावधिभित्र सफाइ पेस नगरेकाले वाग्लेलाई निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (२) को खण्ड ९ग० बमोजिमको कसुरमा ऐनको दफा ५९ को खण्ड (ख) को देहाय (२) बमोजिम सजाय किन नगर्ने भन्दै पुनः सूचना जारी गरिएको छ।

    निजामती सेवा ऐन, २०४९ को दफा ६७ को प्रयोजनार्थ निजामती सेवा नियमावली, २०५० को नियम ११० को खण्ड (ख) बमोजिम ३० दिनभित्र स्पष्टीकरण पेस गर्न विभागले बिहीबार यो सूचना प्रकाशित गरेको हो।

    778354819_1536530564278968_3636190176526518128_n_w5ohAqC19j.jpg

     

    प्रकाशित मिति :भाद्र ४ २०८३ बिहिवार - १०:२४:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij