२०८३ कार्तिक १५ गते आइतवार
काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारस्थित पृथ्वी राजमार्गमा सोमबार तीन घण्टा बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम गर्न बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ।
नागढुङ्गा–मुग्लिङ सडक योजनाको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालयले सवारी आवागमन बन्द हुने जानकारी गराएको हो।
कार्यालयले उक्त अवधिमा वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न तथा सवारी चालक र सडक प्रयोगकर्तालाई ट्राफिक नियम र सडक अनुशासन पालना गर्न आग्रह गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij