२०८३ कार्तिक १६ गते सोमवार
काठमाडौं । गएको १७ दिनदेखि मन्त्रिपरिषद् बैठक बस्न सकेको छैन। सामान्यतया साताको एक वा दुईपटक बस्दै आएको मन्त्रिपरिषद् बैठक यसपटक लामो समयदेखि नबसेको हो।
हरेक सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक राख्दै आएका प्रधानमन्त्री बालेन्द्र शाहले यसपटक झण्डै तीन साता बित्न लाग्दासमेत बैठक नबोलाएका हुन्।
दसैँअघि गएको असोज ३० गतेपछि अहिलेसम्म मन्त्रिपरिषद् बैठक बसेको छैन। यस वर्षको दसैँ बिदा असोज ३१ गतेदेखि कात्तिक ८ गतेसम्म थियो।
यस वर्षको तिहार बिदा कात्तिक २१ गतेदेखि सुरु हुँदैछ। गएको असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले १२ निर्णय गरेको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij