Logo

२०८३ कार्तिक १३ गते शुक्रवार

२०८३ कार्तिक १३ गते शुक्रवार

व्यापार घाटा १४ खर्ब नाघ्दा कुल वैदेशिक व्यापार १९ खर्ब माथि

व्यापार घाटा १४ खर्ब नाघ्दा कुल वैदेशिक व्यापार १९ खर्ब माथि


  • 3.8K
    Shares

    व्यापार घाटा १४ खर्ब नाघ्दा कुल वैदेशिक व्यापार १९ खर्ब माथि
    images

    काठमाडौं । चालु आर्थिक वर्ष २०८२\८३ को पहिलो १० महिना (साउन-वैशाख) मा नेपालको वैदेशिक व्यापारमा वृद्धि भएको छ । निर्यातको तुलनामा आयातको वृद्धिदर उच्च हुँदा मुलुकको व्यापार घाटा पनि करिब १५ प्रतिशतले बढेको छ ।

    भन्सार विभागले सार्वजनिक गरेको १० महिनाको तथ्याङ्कअनुसार यस अवधिमा नेपालको कुल वैदेशिक व्यापार १४.७५ प्रतिशतले बढेर १९ खर्ब ४१ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष २०८१\८२ को सोही अवधिमा कुल व्यापार १६ खर्ब ९२ अर्ब ९ करोड रुपैयाँ बराबरको थियो ।

    चालु आर्थिक वर्षको १० महिनामा १६ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १४.८२ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा १४ खर्ब ७४ अर्ब १८ करोडको आयात भएको थियो ।

    निर्यात १४.२५ प्रतिशतले वृद्धि भई २ खर्ब ४८ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा २ खर्ब १७ अर्ब ९१ करोडको निर्यात भएको थियो। यद्यपि, आयातको तुलनामा निर्यातको आयतन अत्यन्तै न्यून रहेको तथ्याङ्कले देखाउँछ ।

    आयातमा भएको उच्च वृद्धिका कारण मुलुकको व्यापार घाटा १४.९२ प्रतिशतले बढेर १४ खर्ब ४३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । नेपालको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८७.१८ प्रतिशत पुगेको छ भने निर्यातको हिस्सा घटेर १२.८२ प्रतिशतमा सीमित भएको छ । 

     

    प्रकाशित मिति :जेठ ८ २०८३ शुक्रवार - १४:३३:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij