Logo

२०८३ कार्तिक १२ गते बिहिवार

२०८३ कार्तिक १२ गते बिहिवार

एनपीएलमा आर्या फार्माल्याबको तीनवर्षे साझेदारी, खेलाडी र दर्शकलाई नगद पुरस्कारको व्यवस्था

एनपीएलमा आर्या फार्माल्याबको तीनवर्षे साझेदारी, खेलाडी र दर्शकलाई नगद पुरस्कारको व्यवस्था


  • 407
    Shares

    एनपीएलमा आर्या फार्माल्याबको तीनवर्षे साझेदारी, खेलाडी र दर्शकलाई नगद पुरस्कारको व्यवस्था
    images

    काठमाडौं। स्थापनाको ३०औँ वर्षमा प्रवेश गरेको अवसरमा आर्य फार्माल्याबले नेपाल क्रिकेट सङ्घ (क्यान) सँग नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक स्वास्थ्य साझेदारका रूपमा आगामी तीन वर्षका लागि सहकार्य गर्ने सम्झौता गरेको छ।

    यस सहकार्यको मुख्य उद्देश्य क्रिकेट खेलको माध्यमबाट स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै खेलकुद र जनस्वास्थ्यबीचको सम्बन्धलाई थप मजबुत बनाउनु रहेको छ।

    आफ्नो तीन दशक लामो यात्रालाई सामाजिक उत्तरदायित्व र जनस्वास्थ्य प्रवर्द्धनसँग जोड्दै आर्य फार्माल्याबले एनपीएलको मञ्चमार्फत आम नागरिकलाई आधारभूत स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श तथा स्वस्थ जीवनशैलीसम्बन्धी उपयोगी जानकारी प्रदान गर्ने लक्ष्य लिएको छ।

    यस रणनीतिक सहकार्यअन्तर्गत एनपीएलका खेलहरू सञ्चालन भइरहेको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आर्य फार्माल्याबले विशेष स्वास्थ्य परामर्श कक्ष, स्वास्थ्य परीक्षण स्टल, जनचेतनामूलक गतिविधि तथा विभिन्न मनोरञ्जनात्मक खेलकुद कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। मैदानमा आयोजित यी गतिविधिहरूले खेल अवलोकन गर्न आउने दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै आफ्नो स्वास्थ्यप्रति सचेत रहन विशेष रूपमा प्रेरित गर्ने अपेक्षा गरिएको छ।

    यसै क्रममा, आर्य फार्माल्याबले खेलाडीहरूको उत्कृष्ट प्रदर्शन र उच्च खेल भावनालाई थप प्रोत्साहन गर्न ‘हेल्दी पार्टनरसिप अवार्ड’ घोषणा गरेको छ। यसअन्तर्गत प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने दुई जना खेलाडीलाई जनही २५-२५ हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मानित गरिनेछ।

    यसका साथै, प्रत्येक खेलमा उपस्थित एक भाग्यशाली दर्शकलाई २० हजार रुपैयाँको ‘हार्टबिट मुमेन्ट अफ द म्याच’ समेत प्रदान गरिनेछ। यी आकर्षक कार्यक्रमहरूले खेलाडीहरूको योगदानको उच्च कदर गर्नुका साथै खेल मैदानमा दर्शकहरूको सहभागिता र उत्साहलाई थաप उचाइमा पुर्याउने विश्वास लिइएको छ।

    आर्य फार्माल्याबले आफ्नो स्थापनाको ३० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा सुरु भएको यस सहकार्यलाई संस्थागत यात्राको एक महत्त्वपूर्ण कोसेढुङ्गाका रूपमा लिएको छ।

    क्रिकेट जस्तो अत्यधिक लोकप्रिय खेलसँग स्वास्थ्य सचेतनालाई जोड्न पाउँदा यसले बृहत् जनस्तरसम्म स्वास्थ्यसम्बन्धी सकारात्मक सन्देश प्रवाह गर्न सकिने दृढ विश्वास कम्पनीले व्यक्त गरेको छ।

    प्रकाशित मिति :कार्तिक १२ २०८३ बिहिवार - १२:१७:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij