Logo

२०८३ कार्तिक १६ गते सोमवार

२०८३ कार्तिक १६ गते सोमवार

अरनिको राजमार्ग अवरुद्ध, लिपिङमा पहिरो खस्दा चीन नाका जाने सडक ठप्प

अरनिको राजमार्ग अवरुद्ध, लिपिङमा पहिरो खस्दा चीन नाका जाने सडक ठप्प


  • 1.0K
    Shares

    अरनिको राजमार्ग अवरुद्ध, लिपिङमा पहिरो खस्दा चीन नाका जाने सडक ठप्प
    images

    काठमाडौं । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ लिपिङमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक केशव केसीका अनुसार मंगलबार बिहान करिब ९:३० बजे पहिरो खसेपछि सडक सञ्चालनमा आउन नसकेको हो ।

    पहिरोका कारण सवारीसाधन आवतजावत रोकिँदा चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीतर्फको यातायात सेवा प्रभावित भएको छ ।

    प्रहरीका अनुसार पहिरो खसेको स्थानमा सडकसमेत भासिएको छ । माथिबाट खनेर हटाउन सक्ने अवस्था नरहेकाले पर्खाल (वाल) निर्माण गरेर सडक उठाउनुपर्ने अवस्था देखिएको छ ।

    सडक खुलाउन आवश्यक प्राविधिक तयारी भइरहेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि यात्रु तथा मालवाहक सवारीसाधन बाटोमै रोकिएका छन् ।

    प्रकाशित मिति :श्रावण १९ २०८३ मंगलवार - १०:५९:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij