Logo

२०८३ कार्तिक १६ गते सोमवार

२०८३ कार्तिक १६ गते सोमवार

नेप्सेमा ३२ अंकको गिरावट

नेप्सेमा ३२ अंकको गिरावट


  • 344
    Shares

    नेप्सेमा ३२ अंकको गिरावट
    images

    काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार शेयर बजार भारी अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ३२ दशमलव ६५ अंकले घटेर २,६५७ को विन्दुमा कायम भएको छ । 

    आज २१ कम्पनीको शेयर मूल्य बढेको छ भने २५२ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४३ कम्पनीको १ करोड ९८ लाख २२ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १८ करोडको शेयर कारोबार भएको छ ।

    त्यस्तै बैंकिङ १.०७, फाइनान्स १.५३, होटल तथा पर्यटन ०.६३, जलविद्युत् १.०८, लगानी १.४२, जीवन बीमा १.४७, उत्पादन तथा प्रशोधन ०.९०, माइक्रोफाइनान्स १.१६, निर्जीवन बीमा १.७२, अन्य १.६१ तथा व्यापार ०.८६ प्रतिशत घटे ।

    हालै सूचीकृत बेनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो । त्यस्तै मकर जितुमाया सुरी हाइड्रोपावरको ८.७७, मन्दाकिनी हाइड्रोपावरको ५.४७, एनआईसी एसिया बैंकको ३.०२, ब’टवल पावरको २.४८ प्रतिशत मूल्य बढ्यो ।

    झापा इनर्जीको मूल्य ४.११, सांग्रिला डेभलपमेन्ट बैंकको४.०८, एनएलजी इन्स्योरेन्सको ३.८३, माउन्ट एभरेस्ट पावरको ३.५६ प्रतिशत मूल्य घट्यो ।

    आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३७ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको २९ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कुमारी बैंकको २७ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    प्रकाशित मिति :कार्तिक १६ २०८३ सोमवार - १५:३१:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij