Logo

२०८३ कार्तिक १५ गते आइतवार

२०८३ कार्तिक १५ गते आइतवार

त्रिशूली ३ ‘ए’ सुरुङको माथिल्लो भागसम्म उद्धार टोली पुग्यो, हावा पठाउन सुरु

त्रिशूली ३ ‘ए’ सुरुङको माथिल्लो भागसम्म उद्धार टोली पुग्यो, हावा पठाउन सुरु


  • 1.4K
    Shares

    त्रिशूली ३ ‘ए’ सुरुङको माथिल्लो भागसम्म उद्धार टोली पुग्यो, हावा पठाउन सुरु
    images

    काठमाडौं । त्रिशूली ३ ‘ए’ को सुरुङमा फसेकाहरूको उद्धार गर्न खटिएको टोली माथिल्लो भाग (क्राउन) सम्म पुगेको छ।

    गृहमन्त्री सुधन गुरुङले फेसबुकमार्फत् सार्वजनिक सूचना जारी गर्दै सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएको जानकारी दिएका हुन्।

    ‘हामीले उक्त सानो प्वालबाट हावा पठाउन सुरु गरिसकेका छौँ र अब खन्ने काम सुरु गरी उद्धार टोली पनि भित्र पठाउनेछौँ,’ उनले लेखेका छन्।

    बिहानैदेखि प्राविधिकसहितको सुरक्षाकर्मी टोलीले पुरिएको सुरुङमा जमेको लेदो पन्छाउँदै ड्रिलिङमार्फत मार्ग खोल्ने प्रयास गरिरहेको थियो।क्यामेरा र अक्सिजन सुरुङभित्र पठाउने कार्य सुरु भएको ऊर्जामन्त्रीको सचिवालयले जनाएको छ।

    उद्धार टोलीले प्वालमार्फत अक्सिजन तथा आवश्यक उपकरण पठाउने र सुरुङमा थुप्रिएको लेदो हटाउँदै उद्धारको बाटो खोल्ने प्रयास जारी राखेको छ।

    यस आयोजनाबाट भदौ १० को बाढीपछि ४२ जना सम्पर्कविहीन छन्।

    प्रकाशित मिति :भाद्र १३ २०८३ शनिवार - २१:४६:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij