२०८३ कार्तिक १४ गते शनिवार
काठमाडौं । निरन्तर वर्षाका कारण त्रिवि क्रिकेट मैदान जलमग्न भएपछि नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (शनिबार) का लागि निर्धारित पहिलो खेल रद्द गरिएको छ।
आज साढे १२ बजे सुरु हुने पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज प्रतिस्पर्धा गर्ने तालिका थियो।
तर क्रिकेट मैदानमा पानी जमेपछि क्यानले खेल रद्द गरेको हो।
खेल रद्द भएसँगै दुई टोलीले एक-एक अंक बाँडेका छन्। अब आजको दोस्रो खेल साँझ ५ बजे सुरु हुने तालिका छ।
जसमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स भिड्ने तालिका छ। तर वर्षा नरोकिएकाले यो खेल हुने सम्भावना पनि निकै कम छ।
यद्यपि मैदानमा जमेको पानी फाल्ने प्रयास भइरहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij