Logo

२०८३ कार्तिक १४ गते शनिवार

२०८३ कार्तिक १४ गते शनिवार

रोशी खोलामा यात्रुवाहक बस फस्यो, स्थानीयले गरे सबै यात्रुको उद्धार

रोशी खोलामा यात्रुवाहक बस फस्यो, स्थानीयले गरे सबै यात्रुको उद्धार


  • 652
    Shares

    रोशी खोलामा यात्रुवाहक बस फस्यो, स्थानीयले गरे सबै यात्रुको उद्धार
    images

    काठमाडौं । काभ्रेको रोशी गाउँपालिका(७ स्थित रोशी खोला तर्ने क्रममा एक यात्रुवाहक बस खोलाको बीचमै फसेपछि ठूलो दुर्घटनाबाट जोगिएको छ।

    कटुन्जेबाट थानसिंहसतर्फ जाने भित्री सडक खण्डअन्तर्गत खरिबोटमा खोला तर्दै गर्दा बस एक्कासि अनियन्त्रित भई खोलाको बीचमै अड्किएको हो। बहाव उच्च रहेको खोलामा बस कोल्टे परेपछि यात्रुहरू आतंकित बनेका थिए।

    घटनालगत्तै खटिएका स्थानीय बासिन्दाको तदारुकता र सहयोगमा बसमा सवार सबै यात्रुलाई सकुशल उद्धार गरिएको छ। खोलामा फसेको बसलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ।

    प्रकाशित मिति :आश्विन ८ २०८३ बिहिवार - १२:२३:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij