Logo

२०८३ कार्तिक १२ गते बिहिवार

२०८३ कार्तिक १२ गते बिहिवार

आज (बिहीबार) कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

आज (बिहीबार) कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल


  • 302
    Shares

    आज (बिहीबार) कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
    images

    वि.सं.२०८३ साल कार्तिक १२ गते । बिहीबार । ईश्वी सन् २०२६ अक्टोबर २९ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । कार्तिक कृष्णपक्ष । तिथि–चतुर्थी, रातको २ बजेर १० मिनेट उप्रान्त पञ्चमी । नक्षत्र–रोहिणी, दिउसो ३ बजेर ३५ मिनेट उप्रान्त मृगशिरा ।

    योग–वरियान, बिहान ८ बजेर २८ मिनेट उप्रान्त परिध । करण–भद्रा, दिउसो ३ बजेर २० मिनेट उप्रान्त बालव, रातको २ बजेर १० मिनेट उप्रान्त कौलव । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–वृष ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर १३ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर २० मिनेट । दिनमान २७ घडी ४९ पला ।

    आजको बार बेला

    बिहान ६ बजेर १३ मिनेटसम्म शुभ बेला ।
    बिहान ६ बजेर १४ मिनेटदेखि बिहान ७ बजेर ३६ मिनेटसम्म रोग बेला ।
    बिहान ७ बजेर ३७ मिनेटदेखि बिहान ९ बजेर ० मिनेटसम्म उद्धेग बेला ।
    बिहान ९ बजेर १ मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म चर बेला ।
    बिहान १० बजेर २४ मिनेटदेखि बिहान ११ बजेर ४७ मिनेटसम्म लाभ बेला ।
    बिहान ११ बजेर ४८ मिनेटदेखि दिउसो १ बजेर १० मिनेटसम्म अमृत बेला ।
    दिउसो १ बजेर ११ मिनेटदेखि दिउसो २ बजेर ३४ मिनेटसम्म काल बेला ।
    दिउसो २ बजेर ३५ मिनेटदेखि दिउसो ३ बजेर ५७ मिनेटसम्म शुभ बेला ।
    बेलुकी ३ बजेर ५८ मिनेटदेखि बेलुकी ६ बजेर ५७ मिनेटसम्म अमृत बेला ।
    नोटः शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

    राहुकाल

    दिउसो १ बजेर १० मिनेटदेखि दिउसो २ बजेर ३३ मिनेटसम्म राहुकाल रहनेछ ।
    नोटः राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।

    ब्रहा मुहूर्त

    बिहान ४ बजेर ३८ मिनेटदेखि बिहान ५ बजेर २६ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

    आजको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    दिन सामान्य  राम्रो  छ । साना कुराले मन अशान्त बन्नेछ। शरीरमा कष्ट हुनेछ। थोरै बोल्नु उचित हुनेछ। संकटमा परिवारको भने साथ र सहयोग प्राप्त हुनेछ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

     दिन राम्रो छ। धन प्राप्त हुनेछ। व्यापारमा सन्तुष्टि मिल्नेछ। परिवारमा सहकार्य हुनेछ। सहकर्मीको साथ मिल्नेछ। नजिकैको सुखद् यात्राको सम्भावना रहेको छ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    आज सोचेर बोल्नुपर्ने  दिन  छ ।  व्यापारमा घाटा हुनेछ। परिवारसँग झगडा हुने जोखिम छ। मनमा असन्तुष्टि बढ्नेछ। दाम्पत्य जीवन भने सुखमय बित्नेछ। प्रेममा सफलता प्राप्त होला।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    दिन राम्रो छ। पढाइ र प्रेममा सफलता प्राप्त हुनेछ। रचनात्मक कलाकारितामा मन जानेछ। लगानी गरेको भए फाइदा हुनेछ। सन्तानको व्यवहारबाट मन शान्त बन्नेछ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

     दिन सामान्य छ। खर्च बढ्नेछ । सानो कुराले मन अशान्त बन्ने जोखिम छ। निराशा बढ्नेछ। साथीसँग विवाद नगरी सहकार्य गर्नु ठिक हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    दिन सामान्य छ। पशुधनमा फाइदा छ । नयाँ संकटमा आफन्त र साथीबाट सहयोग मिल्नेछ। विज्ञको सुझाव लिएर अगाडि बढ्नु राम्रो होला। मनको कुरा नलुकाइ काम गर्नु उचित हुनेछ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    दिन राम्रो छ। सम्पत्तिको सदुपयोग गर्नु उचित हुनेछ। बोल्दा सचेत बन्नुपर्नेछ। परिवारसँग बसेर रमाइलोसँग दिन बित्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    उत्तम दिन छ। आज गरेका काम सहजै बन्नेछन्। मन शान्त बन्नेछ। परिवारको साथ मिल्नेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    दिन सामान्य राम्रो छ। साथीको साथ मिल्नेछ। परिवारको साथमा गरेको काममा सफलता प्राप्त होला। शिक्षा क्षेत्रको अध्ययनले सन्तुष्टि प्राप्त हुनेछ। समाज र राजनीतिक क्षेत्रमा सहयोगी भेटिने छन्।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    दिन राम्रो छ। मन प्रशन्न रहनेछ। स्वास्थ्यमा सुधार हुनेछ। शत्रुमाथि विजय प्राप्त हुनेछ। रोग नियन्त्रण हुनेछ। लगानी परिवारको तर्फबाट गर्दा फाइदा हुनेछ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    शुभ दिन छ। नयाँ कामको  अवसर मिल्नेछ । साथीभाइले साथ दिनेछन्। धार्मिक व्यक्तिसँगको भेटले मन हलुका हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। कार्यक्षेत्रमा सफलता मिल्नेछ। ठग सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। धार्मिक कार्यमा सहभागी भएर सुरु गरेको काम सफल बन्नेछ।

    तपाईँको दिन शुभ रहोस् ।

    प्रकाशित मिति :कार्तिक १२ २०८३ बिहिवार - ०८:२२:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij