Logo

२०८३ कार्तिक १२ गते बिहिवार

२०८३ कार्तिक १२ गते बिहिवार

परिवारले अन्तिम संस्कार गरेर बीमा रकम खाइसकेको ९ महिनापछि जिउँदै फर्किए पदमबहादुर

परिवारले अन्तिम संस्कार गरेर बीमा रकम खाइसकेको ९ महिनापछि जिउँदै फर्किए पदमबहादुर


  • 589
    Shares

    परिवारले अन्तिम संस्कार गरेर बीमा रकम खाइसकेको ९ महिनापछि जिउँदै फर्किए पदमबहादुर
    images

    काठमाडौं । सवारी दुर्घटनामा परि उपचारका क्रममा मृत्यु भएको भनेर परिवारले दाहसंस्कार गरेका व्यक्ति जिउँदै घर फर्किएका छन् । मोरङको लेटाङ नगरपालिका–५ खेरुवाका ३७ वर्षीय पदमबहादुर राई अचानक घर आएपछि प्रहरी विलखबन्दमा परेको छ ।

    गत जेठ २६ गते बिहान साढे ८ बजे बराहक्षेत्र नगरपालिका–४ स्थित चतरा–पकली सडकखण्डमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका ती व्यक्तिलाई उपचारका लागि विराट टिचिङ अस्पताल, बुढीगंगा लगियो । उपचारका क्रममा जेठ २७ गते उनको मृत्यु भयो ।

    उपचारका क्रममा घाइतेको मृत्यु भएपछि शव कोशी अस्पतालको शवगृहमा राखिएको थियो । मृतकको पहिचान खुल्न नसकेपछि प्रहरीले आफन्तलाई सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गर्यो । त्यसपछि पदमबहादुरकी आमाले शव आफ्नो छोरा पदमबहादुरको भएको भन्दै सनाखत गरिन् ।

    प्रहरीले आवश्यक कागजी प्रक्रिया पूरा गरी शव परिवारलाई बुझायो । परिवारले विधिपूर्वक अन्त्येष्टि गरेपछि दुर्घटना बीमाबापतको रकमसमेत प्राप्त गरिसकेको थियो । तर, मृतक भनिएका पदमबहादुर जीवितै घर फर्किएपछि प्रहरीले पुन अनुसन्धान थालेको छ ।

    अन्तिम सस्कार सम्पन्न गरिएका पदमबहादुर घर आएको मोरङका प्रहरी प्रमुख काविद कटुवालले बताए । कटुवालका अनुसार बिहीबार परिवारलाई कोशी अस्पताल बोलाइएको छ । अब शव सनाखत गर्दाका कागजात फिर्ता लिने तथा दुर्घटनामा मृत्यु भएका व्यक्तिको खोजी गर्नुपर्ने भएको छ ।

    मृत्यु भएको भनिएका पदमबहादुर भने २०८२ माघदेखि घरमा आएका थिएनन् । उनी परिवार र आफन्तलाई जानकारी नभनिकन घर छोडेर हिँडेको बताइएको छ । आफ्नै छोराजस्तो देखिएकाले आमाले शवको सनाखत गरेको हुन सक्ने कट्टुवालले बताए । पदमबहादुरले आफू यतिञ्जल इन्डियामा रहेको दावी गरेका छन् ।

    प्रकाशित मिति :कार्तिक १२ २०८३ बिहिवार - १३:४१:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij