Logo

२०८३ कार्तिक १३ गते शुक्रवार

२०८३ कार्तिक १३ गते शुक्रवार

धनकुटामा ट्रक दुर्घटना, चालक र सहचालक घाइते

धनकुटामा ट्रक दुर्घटना, चालक र सहचालक घाइते


  • 204
    Shares

    धनकुटामा ट्रक दुर्घटना, चालक र सहचालक घाइते
    images

    काठमाडौं। धनकुटाको मूलघाटमा ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् । धनकुटा नगरपालिका–९ मुलघाटस्थित कोशी लोकमार्गमा शुक्रबार बिहान करिब ट्रक दुर्घटना भएको हो।

    इटहरीबाट संखुवासभातर्फ हाइड्रोपावरमा प्रयोग हुने रासायनिक पदार्थ (केमिकल) बोकेर जाँदै गरेको प्रदेश १–०२–००२ ख ०५९० नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब ५० फिट तल खसेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिए ।

    दुर्घटनामा ट्रक चालक सुनसरीको इटहरी उपमहानगरपालिका–८ का २५ वर्षीय अभिषेक चौधरी र सहचालक मोरङको सुन्दरहरैँचा नगरपालिका–४ का १८ वर्षीय राहुल चौधरी घाइते भएका छन् ।

    घाइते दुवैलाई उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ।

    चालक चौधरीको अवस्था मध्यम र सहचालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त ट्रक घटनास्थलमै रहेको र निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    अविरल वर्षाका कारण ट्रक निकाल्न समस्या भइरहेको र ट्रकसँग सम्बन्धित व्यक्तिहरू आउँदै गरेको प्रहरी उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको रञ्जितकारको भनाइ छ ।

    प्रकाशित मिति :कार्तिक १३ २०८३ शुक्रवार - ११:४०:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij