Logo

२०८३ कार्तिक १३ गते शुक्रवार

२०८३ कार्तिक १३ गते शुक्रवार

मुग्लिन-नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्नू : सडक डिभिजन

मुग्लिन-नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्नू : सडक डिभिजन


  • 414
    Shares

    मुग्लिन-नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्नू : सडक डिभिजन
    images

    काठमाडौं । सडक डिभिजन भरतपुरले वर्षा भइरहेकाले मुग्लिन-नारायणगढ सडकमा पहिरोको जोखिम कायमै रहेकाले अत्यावश्यक नपरी यात्रा नगर्न सम्बन्धित सबैलाई सुझाव दिएको छ। 

    सडक डिभिजन भरतपुरले आज शुक्रबार बिहान ११:२५ बजे सूचना जारी गरी मुग्लिन-नारायणगढ सडकबाट यात्रा गर्नैपरे सम्बन्धित सुरक्षा निकायमा अवस्था बुझेर मात्रै यात्रा गर्न सम्पूर्ण चालक तथा यात्रुलाई अनुरोध गरेको हो। 

    सूचनामा भनिएको छ, ‘अर्नब चक्रबातको कारण हाल नेपालीको धेरै भागमा वर्षा भइरहेको छ। मुग्लिन-नारायणगढ सडकखण्ड सामान्य अवस्थामा छ भने सवारी आवागमन पनि सुचारु रहेको छ। वर्षाको कारण सडक र पहिरोको सम्भावित जोखिम कायमै रहेकोले अत्यावश्यकबाहेक यात्राको तय नगर्नुहुन साथै यात्रा गर्नैपरे सम्बन्धित सुरक्षा निकायमा सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्नुहुन सम्पूर्ण सबैलाई अनुरोध गरिन्छ।’

    प्रकाशित मिति :कार्तिक १३ २०८३ शुक्रवार - १२:०३:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij