Logo

२०८३ कार्तिक १४ गते शनिवार

२०८३ कार्तिक १४ गते शनिवार

राजमार्ग अवरुद्ध

पिन्थली पहिरोले बीपी राजमार्ग अवरुद्ध

पिन्थली पहिरोले बीपी राजमार्ग अवरुद्ध


  • 330
    Shares

    पिन्थली पहिरोले बीपी राजमार्ग अवरुद्ध
    images

    काठमाडौं । पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ। 

    बीपी राजमार्ग अन्तर्गत काभ्रेतर्फ रोसी गाउँपालिका वडा नम्बर- ९ पिन्थलीमा सडक अवरुद्ध भएको जिल्ल प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

    सडकमाथिबाट खहरे खोलाको ढुङ्गा माटोसहितको लेदोसहितको पहिरोले रोसी गाउँपालिका वडा नम्बर- ८ गिम्दीबेसीमा पनि सडक अवरुद्ध भएको हो। 

    अहिले पनि पहिरो झरिरहेको हुनाले सडक दुईतर्फी रूपमा नै पूर्णरूपमा अवरुद्ध  छ। सडक अवरुद्ध हुँदा सिन्धुलीबाट काठमाडौँ तर्फ आउँदै गरेका र यताबाट सिन्धुलीतिर जाँदै गरेका सवारी साधन बिच बाटोमै रोकिएका छन्।

    अर्नब चक्रपातको कारण गएराति देखि नै निरन्तर वर्षा भइरहेकाले बाढी पहिरोको सम्भावना बढेको छ। 

    सडकको अवस्थाको सम्बन्धमा जानकारीको लागि १००, १०३ र १२३४ मा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेले अनुरोध गरेको छ। 

    प्रकाशित मिति :कार्तिक १४ २०८३ शनिवार - ०७:४९:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij