२०८३ कार्तिक १५ गते आइतवार
काठमाडौ । सरकारले जाडोयाम सुरु भएसँगै भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन गर्ने भएको छ। नयाँ समयतालिकाअनुसार सरकारी कार्यालय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने भएका छन्।
नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय तथा सार्वजनिक निकायमा नयाँ समय लागू हुने भएको छ।
यसअघि सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए। नयाँ व्यवस्थासँगै कार्यालय समय एक घण्टा घट्नेछ।
सरकारको निर्णयअनुसार शैक्षिक संस्थाको हकमा भने यो समयतालिका लागू हुने छैन। जाडोयामको अवधिभर सरकारी कार्यालय तथा सम्बन्धित सार्वजनिक निकायले बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सेवा प्रवाह गर्नेछन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij