२०८३ कार्तिक १५ गते आइतवार
काठमाडौ । वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास भइरहेको छ ।
शुक्रबार र शनिबार परेको अविरल वर्षाको कारण राजधानी काठमाडौं आवतजावत गर्ने बीपी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेको छ। सडकमा पहिरो र लेदो थुप्रिँदा शनिबार बिहानैदेखि बीपी राजमार्गमा गाडी चल्न सकेका छैनन्।
काभ्रेको रोसीमा आइतबार बिहानदेखि डोजरको सहायतामा सडकको पहिरो पन्छाउन सुरु गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी बाढीपहिरोको कारण ललितपुर र मकवानपुरमा कान्ति लोकपथ पनि अवरुद्ध छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij