Logo

२०८३ कार्तिक १५ गते आइतवार

२०८३ कार्तिक १५ गते आइतवार

मुक्तिनाथ विकास बैंकको कर्जा विस्तारमा ठूलो फड्को, नाफामा अभूतपूर्व वृद्धि र सम्पत्तिमा बलियो उछाल

मुक्तिनाथ विकास बैंकको कर्जा विस्तारमा ठूलो फड्को, नाफामा अभूतपूर्व वृद्धि र सम्पत्तिमा बलियो उछाल


  • 309
    Shares

    मुक्तिनाथ विकास बैंकको कर्जा विस्तारमा ठूलो फड्को, नाफामा अभूतपूर्व वृद्धि र सम्पत्तिमा बलियो उछाल
    images

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको वित्तीय नतिजा सार्वजनिक गरेको छ। बैंकले चुनौतीपूर्ण आर्थिक अवस्थाका बाबजुद पनि कर्जा विस्तार, नाफा वृद्धि, ब्याज आम्दानी र गैर-ब्याज आम्दानीमा उल्लेख्य प्रगति हासिल गर्दै वित्तीय क्षेत्रमा बलियो उपस्थिति जनाएको छ।

    बैंकको कर्जा तथा सापट (ग्राहकलाई) रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४ अर्ब ९६ करोड ४५ लाख रुपैयाँले बढेर १ खर्ब ५ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ। यो ४.९४ प्रतिशत को वृद्धि हो। व्यवस्थापन विश्लेषणअनुसार कर्जा तथा सापट (ग्राहक र बैंकिङ तथा वित्तीय संस्थासहित) ४.६६ प्रतिशत ले बढेको छ। यसले बैंकको व्यवसाय विस्तारमा बलियो गति र बजारमाथि पकड देखाएको छ।

    नाफातर्फ बैंकले ३२ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४३.४४ प्रतिशत ले बढी हो। यो वृद्धि बैंकको प्रभावकारी व्यवस्थापन, सुधारिएको सञ्चालन क्षमता र दीर्घकालीन दिगोपनमा केन्द्रित रणनीतिको प्रत्यक्ष परिणाम हो।

    खुद ब्याज आम्दानी १ अर्ब २१ करोड ७६ लाख रुपैयाँ पुगेको छ भने शुल्क तथा कमिसन आम्दानी २२ करोड रुपैयाँ नाघेको छ। यसले बैंकको आम्दानीको आधार अझ फराकिलो र बलियो बनाएको छ। साथै बैंकले खर्च व्यवस्थापनमा पनि राम्रो प्रदर्शन देखाएको छ। सञ्चालन खर्च नियन्त्रणमा राख्दै र कर्जा नोक्सानी व्यवस्थामा उल्लेखनीय सुधार गर्दै बैंकले सञ्चालन मुनाफामा ठूलो वृद्धि हासिल गरेको छ।

    कुल सम्पत्ति पनि १ खर्ब ४४ अर्ब २२ करोड रुपैयाँ पुगेको छ। यसले बैंकको वित्तीय आधार अझ बलियो बनाएको संकेत गर्दछ। निक्षेप पनि २.२० प्रतिशत ले बढेको छ। बैकले कर्जा विस्तार, ब्याज तथा गैर-ब्याज आम्दानी वृद्धि, खर्च व्यवस्थापन र सम्पत्ति विस्तारमा एकसाथ राम्रो प्रगति गर्दै चुनौतीपूर्ण वातावरणमा पनि सकारात्मक नतिजा देखाएको छ। व्यवस्थापनले दीर्घकालीन दिगोपन, जोखिम व्यवस्थापन र ग्राहक सेवामा प्राथमिकता दिँदै अगाडि बढिरहेको छ। यस नतिजाले बैंकको भविष्यको सम्भावना अझ उज्ज्वल बनाएको छ।

     

    प्रकाशित मिति :कार्तिक १५ २०८३ आइतवार - १३:२६:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij