२०८३ कार्तिक १५ गते आइतवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचन उम्मेदवारका लागि आवेदन खुला गरेको छ ।
निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिको बैठकपछि विभिन्न उपसमिति गठन गर्दै उम्मेदवारी आवेदन खुला गरिएको हो ।
पार्टीका महामन्त्री एवं समितिका संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा वनस्थली, काठमाडौंस्थित केन्द्रीय कार्यालयमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले क्यान्डिडेट क्लबमा कविन्द्र बुर्लाकोटी, प्रविधिमा सुशान्त वैदिक, गुनासो समन्वयमा जनकसिंह धामी, समावेशिता तथा महिला सहभागितामा डा. तोसिमा कार्की, क्षमता विकास समन्वयमा टासी ल्हाजोम, व्यवस्थापनमा रहबर अन्सारी र प्रचारप्रसारमा मिलन लिम्बूलाई जिम्मेवारी तोकेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij