२०८३ कार्तिक १२ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिको पहिलो बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा पहिलो बैठक जारी रहेको सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले जानकारी दिए ।
गत असोज १८ देखि २३ गतेसम्म भएको महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
त्यो कार्यसमितिका पदाधिकारीले आजै पार्टी केन्द्रीय कार्यालय सानेपामा पद तथा गोपनीयताको शपथ लिएका थिए । पदाधिकारी र सदस्यले शपथ र प्रमाणपत्र लिए लगत्तै बैठक सुरु भएको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij