२०८३ कार्तिक १६ गते सोमवार
काठमाडौं । महालक्ष्मी विकास बैंकको खुद नाफा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २१.४९ प्रतिशतले बढेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म ११ करोड ८४ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको हो।
गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ९ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको थियो। यस अवधिमा बैंकको नाफा करिब २ करोड ९ लाख रुपैयाँले बढेको छ।
नाफामा सुधार देखिए पनि बैंकको खराब कर्जा अनुपात भने बढेको छ। गत वर्ष ५.५० प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बढेर ६.४९ प्रतिशत पुगेको छ।
बैंकको खुद ब्याज आम्दानी १.७० प्रतिशतले बढेर ५१ करोड ४ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कर्जा नोक्सानी व्यवस्थाबापतको इम्पेयरमेन्ट खर्च ३२.३७ प्रतिशतले घटेर १० करोड ६७ लाख रुपैयाँमा झरेको छ।
बैंकको वितरणयोग्य नाफा २१.७५ प्रतिशतले बढेर ४७ करोड ६२ लाख रुपैयाँ पुगेको छ। प्रतिसेयर आम्दानी पनि गत वर्षको ९ रुपैयाँ ८ पैसाबाट बढेर १० रुपैयाँ ५० पैसा कायम भएको छ।
यता, बैंकको पुँजीकोष अनुपात १७.६० प्रतिशतबाट घटेर १६.९२ प्रतिशतमा झरेको छ भने कर्जा–निक्षेप अनुपात ८६.४५ प्रतिशत पुगेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij