Logo

२०८३ कार्तिक १५ गते आइतवार

२०८३ कार्तिक १५ गते आइतवार

ग्लोबल आइएमई बैंकको नाफा र सञ्चालन मुनाफा दुवैमा उछाल

ग्लोबल आइएमई बैंकको नाफा र सञ्चालन मुनाफा दुवैमा उछाल


  • 351
    Shares

    ग्लोबल आइएमई बैंकको नाफा र सञ्चालन मुनाफा दुवैमा उछाल
    images

    काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८३\८४ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार बैंकले चालु आर्थिक वर्षको असोजसम्ममा २ अर्ब ३१ करोड ३८ लाख खुद नाफा कमाएको छ । 

    अघिल्लो वर्ष २०८२\८३ को असोजसम्म बैंकले १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा बैंकको नाफा २४.४९ प्रतिशतले बढेको छ।

    असोजसम्म बैंकको खुद ब्याज आम्दानी ४ अर्ब १९ करोड ३२ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको तुलनामा १.४६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ४ अर्ब १३ करोड ३० लाख रुपैयाँ थियो।

    बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७ करोड २ लाख रुपैयाँ रहेको छ। यस हिसाबले बैंकले चालु आर्थिक वर्षको असोजसम्म १७.७५ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ।

    बैंकले ३ अर्ब २२ करोड २५ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ३७ करोड १६ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो। अघिल्लो वर्ष तुलनामा सञ्चालन मुनाफा पनि ३५.८८ प्रतिशतले बढेको छ।

    चुक्तापुँजी ३९ अर्ब ६४ करोड ४ लाख रुपैयाँ रहेको बैंकको रिटेन्ड अर्निङमा २ अर्ब ७ करोड २ लाख रुपैयाँ र जगेडामा २७ अर्ब ९६ करोड ६९ लाख रुपैयाँ रहेको छ। 

    चालु आर्थिक वर्षको असोजसम्म बैंकले ६ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ७१ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ६ खर्ब ६९ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३९ अर्ब ८ करोड ३८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

    बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी बढेर २३।३५ रुपैयाँ कायम भएको छभ ने बैंकको पीई रेसियो १०.८८ गुणा र प्रतिशेयर नेटवर्थ १७५.७७ रुपैयाँ रहेको छ।

     

    प्रकाशित मिति :कार्तिक १५ २०८३ आइतवार - १४:४२:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij