२०८३ कार्तिक १३ गते शुक्रवार
प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएको छ।
बुधबार मध्याह्न मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार, एक करोड ७ लाख ३९ हजार ११५ मत सदर भएका छन्।
यसमध्ये सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५१ लाख ३९ हजार २३५ मत पाएको छ। यो ४७.९ प्रतिशत हो। दोस्रो नम्बरमा रहेको नेपाली कांग्रेसले १७ लाख ४९ हजार ५८३ मत पाएको छ। कांग्रेसले सदर मतको १६.३ प्रतिशत पाएको हो।
नेकपा (एमाले) तेस्रो नम्बरमा रहेको छ। एमालेले १४ लाख ४८ हजार ८५४ अर्थात १३.५ प्रतिशत मत पाएको छ। चौथो नम्बरमा रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ८ लाख ५ हजार ७७३ मत पाएको छ। यो ७.५ प्रतिशत हो।
समानुपातिकमा ‘थ्रेसहोल्ड’ कटाएको श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ६४९ मत पाएको छ। यो सदर मतको ३.५ प्रतिशत हो। यसैगरी ‘थ्रेसहोल्ड’ कटाउन अन्तिम दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बनेको छ। राप्रपाले ३ लाख २९ हजार ४७२ मत अर्थात ३.१ प्रतिशत पाएको हो।
अन्य दलले भने समानुपातिकतर्फ ‘थ्रेसहोल्ड’ अर्थात ३ प्रतिशत मत कटाउन सकेनन्। समानुपातिकमा ‘थ्रेसहोल्ड’ कटाउन ३ लाख २२ हजार १७३ मत आवश्यक पर्छ।
समानुपातिकमा अन्य दलको मत:
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij