Logo

२०८३ कार्तिक १३ गते शुक्रवार

२०८३ कार्तिक १३ गते शुक्रवार

गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बित

गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बित


  • 127
    Shares

    गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बित
    images

    काठमाडौं ।  गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ।

    मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम एन-प्याब्सनलाई निलम्बन गरिएको जनाएको हो।

    मन्त्रालयका अनुसार एन-प्याब्सनले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम मन्त्रालयबाट जारी गरिएका निर्देशनहरू बारम्बार पालना नगरेको पाइएको छ। त्यस्तै, संगठनका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्यविपरीतका गतिविधि गरेकोसमेत मन्त्रालयको ठहर छ।

    यस विषयमा मन्त्रालयले २०८३ असोज २३ गते सम्बन्धित सरोकारवालासँग छलफल गरेको थियो। उक्त छलफलमा राष्ट्रिय निर्देशन ऐन, २०१८ तथा मन्त्रालयले २०८२ मंसिर १२ गते जारी गरेको निर्देशनबमोजिमका कार्य गर्न आग्रह गरिएको भए पनि त्यसको पालना नभएको मन्त्रालयले जनाएको छ।

    निर्देशनको निरन्तर अवज्ञा भएको भन्दै मन्त्रालयले एन-प्याब्सनलाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो।

    मन्त्रालयले सूचना जारी भएपछि संस्थाका नाममा कुनै पनि समूह वा गुटबाट गरिने गतिविधि गैरकानुनी हुने चेतावनीसमेत दिएको छ। त्यस्ता गतिविधिमा संलग्न भए प्रचलित कानुनबमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ।

    प्रकाशित मिति :कार्तिक १३ २०८३ शुक्रवार - १५:२४:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij