Logo

२०८३ कार्तिक १३ गते शुक्रवार

२०८३ कार्तिक १३ गते शुक्रवार

एन्फा कार्यसमिति बैठकले माग्यो अध्यक्षसहित ४ जनासँग लिखित जानकारी

एन्फा कार्यसमिति बैठकले माग्यो अध्यक्षसहित ४ जनासँग लिखित जानकारी


  • 274
    Shares

    एन्फा कार्यसमिति बैठकले माग्यो अध्यक्षसहित ४ जनासँग लिखित जानकारी
    images

    काठमाडौं ।  अखिल नेपाल फुटबल संघ (एन्फा)को बहुमत कार्यसमिति सदस्यसहितको आज बसेको बैठकले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मुद्दा चलाएका चार जना पदाधिकारीसँग लिखित जानकारी माग्ने निर्णय गरेको छ। 

    शुक्रबार वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बसेको बैठकले अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेसँग लिखित जानकारी माग्ने निर्णय गरेको हो। 

    चारै जना धरौटीमा रिहा भइसकेका छन्। अध्यक्ष र महासचिव ५/५ लाख तथा कोषाध्यक्ष र लेखा अधिकृत क्रमशः १५ र १२ लाख धरौटीमा रिहा भएका थिए। उनीहरुविरुद्ध एन्फामा आर्थिक घोटाला गरेको आरोप छ। 

    त्यसैगरी बैठकले फिफाको निलम्बन फुकुवाको लागि पहल गर्न उपाध्यक्ष विराटजंग शाहीको संयोजकत्वमा एउटा समिति समेत गठन गरेको छ। समितिमा टीका लामा, मनिष जोशी, दीपक खतिवडा र कुमार केसी सदस्य छन्। 

    बैठकले समितिलाई शुक्रबार सम्पन्न बैठकका निर्णय राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई जानकारी गराउने र सरकारबाट एन्फामा हस्तक्षेप नभएको पुष्टि गराउँदै फिफा र एएफसीसँग आवश्यक समन्वय गर्ने कार्यादेश दिइएको छ। 

    एन्फा कम्प्लेक्स सातदोबाटोमा बसेको बैठकमा २० मध्ये ११ जना कार्यसमिति सदस्य उपस्थित थिए। अध्यक्ष नेम्वाङ र महासचिव राई भने अनुपस्थित रहेका थिए। महासचिवको अनुपस्थितिमा उनले गर्ने कामको जिम्मेवारी सहसचिव बद्री भट्टराईलाई दिइएको छ। 

    एन्फा मुख्यालयमा दुई दिनअघि मात्रै ताला खुलाएर बहुमत सदस्यहरुले छलफल गरेका थिए। सोही छलफलले आज कार्यसमिति बैठक डाकेको हो। 

    प्रकाशित मिति :कार्तिक १३ २०८३ शुक्रवार - १५:०८:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij