Logo

२०८३ कार्तिक १२ गते बिहिवार

२०८३ कार्तिक १२ गते बिहिवार

यसवर्ष विष्णु माझीको स्वरमा तीज गीत ‘घरबार’, भिडिओ चाँडै ल्याउने तयारी

यसवर्ष विष्णु माझीको स्वरमा तीज गीत ‘घरबार’, भिडिओ चाँडै ल्याउने तयारी


  • 1.7K
    Shares

    यसवर्ष विष्णु माझीको स्वरमा तीज गीत ‘घरबार’, भिडिओ चाँडै ल्याउने तयारी
    images

    ‍काठमाडौं । हरेक वर्षको तीजमा चर्चित गायिका विष्णु माझीको गीतकै प्रतिक्षा रहन्छ। वर्षभरि गुमनाम रहने उनले आफ्नो सपना म्युजिक इन्डस्ट्रिजमार्फत तीज वा दशैँमा मात्रै गीत ल्याउने गर्थिन्। दर्शकले पनि विष्णुको गीत आएपछि मात्रै ‘बल्ल तीज आएजस्तो भयो’ भन्दै प्रतिक्रिया दिने गरेका छन्। 

    यसपटक भने तीज आउनुअघिनै उनको स्वरमा ‘झोर्ले हजुर’ सार्वजनिक भएको थियो। जसकारण यस्तोमा उनको तीज गीत आउँछ कि आउँदैन भन्ने अन्यौलता थियो। 

    तर, यसैबीच विष्णुको स्वरमा तीज गीत ‘घरबार’ सार्वजनिक भएको छ। विष्णुकै अफिसियल युट्युव अकाउन्डमार्फत गीतको ‘अडियो टपिक’ सार्वजनिक भइसकेको छ। सार्वजनिक गीतमा महिलाको पीडा र वेदना समेटिएको छ।

    म्युजिक भिडिओ पनि चाँडै सार्वजनिक हुने तयारीमा रहेको बुझिएको छ। 

    अडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा गीतबारे चर्चा सुरु भइसकेको छ। अब गीतको भिडिओ कस्तो बन्ला? दर्शकहरूमाझ कौतहल्ता छ। 

    प्रकाशित मिति :भाद्र १७ २०८३ बुधवार - १६:०९:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij