२०८३ कार्तिक १२ गते बिहिवार
काठमाडौं । ३३ वर्षीय एक महिलाको पेटबाट चिकित्सकले १३ वटा कलम, पाँचा वटा काठको चम्चा र एउटा मैनबत्ती जस्तो वस्तु निकालेका छन् ।
भारतको आन्ध्र प्रदेशको पालनाडु जिल्लाको नरसारावपेट निवासी ३३ वर्षीय महिलाको छातीमा बायाँतर्फ दुख्ख थालेपछि उनलाई परिवारले उपचारका लागि माताश्री अस्पतालमा लगेका थिए।
चिकित्सकले उनको ईसीजी र इन्डोस्कोपी गरिएको थियो। उपचारमा संलग्न चिकित्सक रामचन्द्र रेड्डीका अनुसार इसीजी रिपोर्ट ठिक थियो तर इन्डोस्कोपी रिपोर्टमा पेटमा लामा विभिन्न बस्तु रहेको पत्ता लागेको थियो। सिटी स्क्यान गरेर पेटमा रहेका बस्तुको पुनः पुष्टि गरेपछि अप्रेसन गर्ने निधो गरिएको थियो ।
अप्रेसन गरेर पेटबाट १३ वटा कलम, पाँच वटा काठका चम्चा र एउटा मैनबत्तीजस्तो बस्तु निकालिएको रेड्डीले जानकारी दिए। ती महिलाको अवस्था स्थिर रहेको जनाइएको छ।
रेड्डीका अनुसार ती महिला मानसिक रोगको सिकार भएकी थिइन् । ती महिलाले पितासँग कुनै विषयमा झगडा भएको र त्यही रिसमा ती बस्तु निलेको बताएकी छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij