Logo

२०८३ कार्तिक १२ गते बिहिवार

२०८३ कार्तिक १२ गते बिहिवार

कामना सेवाको २० औं वार्षिक साधारणसभाबाट १५ प्रतिशत लाभाशं पारित

कामना सेवाको २० औं वार्षिक साधारणसभाबाट १५ प्रतिशत लाभाशं पारित


  • 1.7K
    Shares

    कामना सेवाको २० औं वार्षिक साधारणसभाबाट १५ प्रतिशत लाभाशं पारित
    images

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको २० औं वार्षिक साधारणसभा मिति २०८३ साल भदौ ३१ गतेका दिन आम्रपाली बैंक्वेट, भाटभाटेनी, काठमाण्डौंमा सम्पन्न भएको छ ।

    बैंकको संचालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभाबाट बैंकका अग्राधिकार शेयरधनीहरूले अग्राधिकार शेयर बाँडफाँट भएको मितिदेखि असार मसान्त २०८३ सम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत तथा आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १५ प्रतिशत (करसमेत) नगद लाभाशं पारित गरेको छ । 

    साथै, उक्त साधारणसभाबाट लेखा परीक्षकको प्रतिवेदन सहित आ.व.२०८२\८३ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आ.व. को नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब लगायत वित्तिय विवरणसँग सम्बन्धीत अनुसूचीहरु सर्वसम्मतीले पारित गरेको छ । त्यसै गरि सभाबाट बाह्रय लेखापरीक्षक एन.बि.एस.एम एण्ड एसोसिएट्सलाई नियुक्त गर्ने प्रस्ताव समेत पारित भएको छ । 

    साधारणसभामा सेयरधनी महानुभावहरुले राख्नु भएको जिज्ञासाको जवाफ बैंकका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिएका थिए । शेयरधनी महानुभावहरुले राख्नुभएका जिज्ञासाको जवाफ दिनुहुदै बैंकका प्रमुख कार्यकारी अधिकृत श्री दिनेश थकालीले निरन्तर रुपमा दोहोरो अंकमा लाभाशं वितरण गर्न सफल भएकोमा आगामी दिनहरुमा संस्थालाई दिगो र सवल बनाउन प्रतिबद्ध रहेको बताए । 

     

    प्रकाशित मिति :भाद्र ३१ २०८३ बुधवार - १६:२३:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij