Logo

२०८३ कार्तिक १२ गते बिहिवार

२०८३ कार्तिक १२ गते बिहिवार

धादिङको गजुरी सडक खण्ड आज राति ११ बजेदेखि बिहान ५ बजेसम्म पूर्ण रूपमा बन्द हुने

धादिङको गजुरी सडक खण्ड आज राति ११ बजेदेखि बिहान ५ बजेसम्म पूर्ण रूपमा बन्द हुने


  • 1.3K
    Shares

    धादिङको गजुरी सडक खण्ड आज राति ११ बजेदेखि बिहान ५ बजेसम्म पूर्ण रूपमा बन्द हुने
    images

    काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५, गलौंदी क्षेत्रमा आज ?(सोमबार) रातिदेखि सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले सोमबार एक सूचना जारी गर्दै सडक मर्मतका लागि रातिको समयमा यातायात सञ्चालनमा रोक लगाएको हो ।

    कार्यालयद्वारा जारी सूचनाअनुसार, आज ९२०८३ असोज २६ गते सोमबार० राति ११ः ०० बजेदेखि भोलिपल्ट बिहान ५ः ०० बजेसम्म उक्त मार्ग हुँदै चल्ने सम्पूर्ण सवारी साधनको आवागमन बन्द गरिनेछ ।

    यसअघि त्रिशूली नदीको कटानका कारण उक्त क्षेत्रमा सडक भासिएको थियो ।भासिएको सडकलाई सामान्य मर्मत सम्भार गरी दुईतर्फी सञ्चालनमा ल्याइएको भए पनि, सडकमा थप मर्मतको कार्य गर्नुपर्ने भएकाले रातिको समयमा सवारी आवागमन रोक्नुपरेको प्रशासनले जनाएको छ ।

    841639446_1476278017832666_690212051450629236_n_CgEKdq6zej.webp

    प्रकाशित मिति :आश्विन २६ २०८३ सोमवार - १३:२३:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij