Logo

२०८३ कार्तिक १२ गते बिहिवार

२०८३ कार्तिक १२ गते बिहिवार

नेपाल प्रहरीले काठमाडौंमा आज पनि निःशुल्क बस सेवा सञ्चालन गर्ने

नेपाल प्रहरीले काठमाडौंमा आज पनि निःशुल्क बस सेवा सञ्चालन गर्ने


  • 848
    Shares

    नेपाल प्रहरीले काठमाडौंमा आज पनि निःशुल्क बस सेवा सञ्चालन गर्ने
    images

    काठमाडौं । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौं उपत्यकामा आज पनि निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । आम नागरिकको सुविधा र सहज आवागमनका लागि बस सेवा सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

    प्रहरीले दसैँमा उपत्यकाका तीन रूटमा हिजो र आज निःशुल्क बस सञ्चालन गरेको हो । 

    यस्तो छ प्रहरीले बस सेवा सञ्चालन गर्ने रूट :–
    रूट नम्बर १ : यो रूट नक्सालबाट सुरु भई बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, कृष्णपाउरोटी, जयनेपाल हल हुँदै पुनः नक्साल फर्किनेछ ।

    रूट नम्बर २ : यो रूट नक्सालबाट सुरू भई रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक चोक हुँदै कोटेश्वर, एयरपोर्ट, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै पुनः नक्साल फर्किनेछ ।

    रूट नम्बर ३ : यो रूट नक्सालबाट सुरु भई सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायण गोपाल चोक चक्रपथ, सुकेधारा, गौशाला, एयरपोर्ट, कोटेश्वर, सातदोबाटो, एकान्त कुना, बल्खु, कलंकी, नयाँ बसपार्क, चक्रपथ, महाराजगंज हुँदै पुनः नक्साल फर्किनेछ ।

    निःशुल्क बस सेवा आज पहिलो सिफ्ट बिहान ८ बजेबाट र दोस्रो सिफ्ट दिउँसो ३ः३० बजेबाट उक्त रूटहरूमा सञ्चालन हुने प्रहरीले जानकारी दिएको छ ।

    प्रकाशित मिति :कार्तिक ४ २०८३ बुधवार - ०६:३५:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij