Logo

२०८३ कार्तिक १२ गते बिहिवार

२०८३ कार्तिक १२ गते बिहिवार

आज सुनचाँदीकै मूल्यमा उच्च गिरावट, तोलामा कति ?

आज सुनचाँदीकै मूल्यमा उच्च गिरावट, तोलामा कति ?


  • 722
    Shares

    आज सुनचाँदीकै मूल्यमा उच्च गिरावट, तोलामा कति ?
    images

    काठमाडौँ । आज (आइतबार) सुनचाँदीकै मूल्यमा उच्च गिरावट आएको छ। 

    सुनको भाउ आज तोलामा ११ हजार ७ सय रुपैयाँ घटेर २ लाख ७८ हजार ५ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    यसअघि यही कात्तिक २ गते सोमबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेर २ लाख ९० हजार २ सय रुपैयाँ कायम भएको थियो।  

    सोमबारयता आजै सुनको नयाँ मूल्य सार्वजनिक भएको हो। दसैँको बिदामा सुनको नयाँ मूल्य आएको थिएन। त्यसैगरी आज चाँदीको भाउ पनि प्रतितोला २३० रुपैयाँ घटेर तोलाको ३ हजार ९ सय ५५ रुपैयाँमा झरेको छ। 

    गत सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार १८५ रुपैयाँ थियो। गएको माघ १५ गते  सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। 

    त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

    गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो। 

    प्रकाशित मिति :कार्तिक ८ २०८३ आइतवार - १९:०६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij