२०८३ कार्तिक १२ गते बिहिवार
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज एउटा खेल हुँदैछ । आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ ।
त्रिवि क्रिकेट मैदानमा अपराह्न साढे ४ बजेपछि हुने खेलमा दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् ।
सुदूरपश्चिमको यो दोस्रो खेल हो भने पोखराको पहिलो खेल हो । पहिलो खेलमा दोस्रो संस्करणको च्याम्पियन लुम्बिनी लायन्ससँग पराजित भएको थियो ।
यस्तै यसअघि भएका अन्य दुई खेलमा चितवन राइनोज र कर्णाली याक्स विजयी भएका छन् । मंगलबार भएका खेलमा चितवनले विराटनगर किंग्सलाई र कर्णालीले जनकपुर बोल्ट्सलाई पराजित गरेर विजयी सुरुआत गरेका हुन् ।
अंक तालिकमा लुम्बिनी, कर्णाली र चितवन क्रमशस् पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij