Logo

२०८३ कार्तिक १२ गते बिहिवार

२०८३ कार्तिक १२ गते बिहिवार

त्रिभुवन विमानस्थलबाट १४ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ

त्रिभुवन विमानस्थलबाट १४ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ


  • 470
    Shares

    त्रिभुवन विमानस्थलबाट १४ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
    images

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १४ किलो थाई गाँजासहित दुई जना भारतीय महिलालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा ४६ वर्षीया शबानानु यार महम्मद शेख र ३५ वर्षीया शरीफा अब्बास छन्। 

    हवाई मार्ग हुँदै नेपाल आउने यात्रुहरुको प्रोफाइलिङ गर्ने क्रममा मंगलबार लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणबाट खटिएको प्रहरी टोलले बाटिक एयरको उडानबाट काठमाडौँ आएका उनीहरुलाई पक्राउ गरेको हो। 

    उनीहरु थाइल्यान्डबाट मलेसिया हुँदै नेपाल आएका प्रहरीले जनाएको छ। उनीहरुमाथि आवश्यक अनुसन्धान जारी रहेको लागू औषध नियन्त्रण ब्यूरोका सहप्रवक्ता जीवन निरौलाले जानकारी दिए। 

    प्रकाशित मिति :कार्तिक ११ २०८३ बुधवार - १०:१७:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij