Logo

२०८३ कार्तिक १२ गते बिहिवार

२०८३ कार्तिक १२ गते बिहिवार

देउवा समूहले सक्यो १० जिल्लामा अधिवेशन

देउवा समूहले सक्यो १० जिल्लामा अधिवेशन


  • 183
    Shares

    देउवा समूहले सक्यो १० जिल्लामा अधिवेशन
    images

    काठमाडौं ।  समानान्तर महाधिवेशन गर्न लागेको नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले १० वटा जिल्लामा अधिवेशन सम्पन्न गरेको छ ।

    समूहको सम्पर्क कार्यालय चुनदेवीका अनुसार अहिलेसम्म १० जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ । 

    कार्यालयका अनुसार सङ्खुवासभामा रामकुमार जिमी, डोल्पामा देउप्रसाद बुढा, हुम्लामा सूर्यबहादुर शाही, जुम्लामा नेत्रकला शाही, मुगुमा तिलक मल्ल, रुकुम पश्चिममा नन्दबहादुर विष्ट, कालिकोटमा नगेन्द्र विष्ट, डोटीमा बाजिसिंह खड्का (विजय), बैतडीमा वीरबहादुर विष्ट र रोल्पामा मानबहादुर खत्री अधिवेशनबाट सभापति चुनिएका छन्। 

    आगामी मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको समूहले कात्तिक ३० गतेसम्म जिल्ला अधिवेशन सक्ने कार्यसूची रहेको नेता एनपी साउदले जानकारी दिए ।

    प्रकाशित मिति :कार्तिक ११ २०८३ बुधवार - १६:३१:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij