Logo

२०८३ कार्तिक १२ गते बिहिवार

२०८३ कार्तिक १२ गते बिहिवार

सुनकोसी मरिण डाइभर्सन आयोजना

सुनकोसी मरिण डाइभर्सनका निर्देशक कृष्णकुमार रिजाल पक्राउ

सुनकोसी मरिण डाइभर्सनका निर्देशक कृष्णकुमार रिजाल पक्राउ


  • 680
    Shares

    सुनकोसी मरिण डाइभर्सनका निर्देशक कृष्णकुमार रिजाल पक्राउ
    images

    सुनकोसी मरिण डाइभर्सन आयोजनाका निर्देशक कृष्णकुमार रिजाल पक्राउ परेका छन्। 

    बिहीबार जिल्ला प्रहरी कार्यालय, सिन्धुलीको टोलीले रिजाललाई कार्यकक्षबाटै पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर, काठमाडौं उपस्थित गराउन पत्राचार गरेपछि रिजाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ। 

    आयोजनाका निर्देशक रिजाललाई बिहीबार नै जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले काठमाडौं पठाएको जनाएको छ। उनलाई किन पक्राउ गरिएको भन्ने खुलाएको छैन। 

    सुनकोसी मरिण डाइभर्सन राष्ट्रिय गौरवको आयोजना हो। आयोजनाको हेडवर्क निर्माण र विद्युत् गृह निर्माणका लागि टेन्डर खुलाउने तयारी गरिरहेको बेला उनलाई पक्राउ गरिएको हो।

    प्रकाशित मिति :कार्तिक १२ २०८३ बिहिवार - २०:०६:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij