Logo

२०८३ कार्तिक १२ गते बिहिवार

२०८३ कार्तिक १२ गते बिहिवार

कम्पनीले बुझाउनुपर्ने कर, शुल्क र जरिबाना मिनाहा गर्ने म्याद पुस मसान्तसम्म थपियो

कम्पनीले बुझाउनुपर्ने कर, शुल्क र जरिबाना मिनाहा गर्ने म्याद पुस मसान्तसम्म थपियो


  • 323
    Shares

    कम्पनीले बुझाउनुपर्ने कर, शुल्क र जरिबाना मिनाहा गर्ने म्याद पुस मसान्तसम्म थपियो
    images

    काठमाडौं । कम्पनीले बुझाउनुपर्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहा पाउने सुविधा आगामी पुस मसान्तसम्मको लागि थप गरिएको छ। 

    कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीले त्यस्तो छुट पाउनको लागि विवरण तथा रकम दाखिला गर्ने म्याद अर्थमन्त्रालयले थप गरेको हो। 

    यसअघि २०८३ असोज मसान्तसम्म कायम रहेको म्याद कात्तिक ९ गतेको निर्णयअनुसार बढाएर पुस मसान्तसम्म पुर्‍याइएको हो।

    तोकिएको समयभित्र विवरण पेश नगरेका, नवीकरण नगरेका वा दाखिला गर्नुपर्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना नबुझाएका कम्पनीले आर्थिक वर्ष २०८२/८३ का लागि कानूनबमोजिम लाग्ने कर, शुल्क, दस्तुर बुझाउनुका साथै आवश्यक विवरण २०८३ पुस मसान्तभित्र पेश गरेमा सोभन्दा अघिको सम्पूर्ण कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहा हुने व्यवस्था सरकारले गरेको छ। 

    यो सुविधा कम्पनीले आफ्नो कारोबारलाई निरन्तरता दिन वा कम्पनीको दर्ता खारेज गर्न चाहेमा पनि लागू हुने व्यवस्था छ।

    870317313_1629681532036175_879915991533742903_n_bZ2CpHSDnS.jpg

    प्रकाशित मिति :कार्तिक १२ २०८३ बिहिवार - २०:१७:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij