Logo

२०८३ कार्तिक १३ गते शुक्रवार

२०८३ कार्तिक १३ गते शुक्रवार

राति शिंताफू हिमताल फुट्यो, बाढीले मुख्य सडक बगायो

राति शिंताफू हिमताल फुट्यो, बाढीले मुख्य सडक बगायो


  • 939
    Shares

    राति शिंताफू हिमताल फुट्यो, बाढीले मुख्य सडक बगायो
    images

    काठमाडौं । भुटानको शिंताफू हिमतालबाट अचानक ठूलो परिमाणमा पानी बाहिरिएपछि आएको बाढीले मुख्य सडकको एक खण्ड बगाएको छ । 

    सडक अवरुद्ध भएपछि दुर्गम लाया क्षेत्र भुटानको बाँकी भूभागसँगको सडक सम्पर्कबाट विच्छेद भएको छ ।

    उत्तर भुटानको गासा जिल्लामा अवस्थित शिंताफू तालबाट आएको बाढीको पानी राति करिब ८ः१५ बजे ताक्तसेमाखाङ पुगेको थियो । बाढीले लाया जोखांग सडकको एक खण्डमा क्षति पुर्‍याएपछि अर्को सूचना जारी नभएसम्मका लागि उक्त सडकमा सबै प्रकारका यातायातका लागि बन्द गरिएको छ ।

    भुटानका अधिकारीहरूले जोखिमयुक्त क्षेत्रमा तैनाथ सुरक्षाकर्मी तथा अन्य व्यक्तिहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् । 

    सम्भावित जोखिमलाई ध्यानमा राख्दै सावधानीका उपाय अपनाइएको छ । छिमेकी क्षेत्रहरूलाई पनि सतर्क गराइएको छ । घटनामा हालसम्म मानवीय क्षति भएको खबर प्राप्त भएको छैन ।

    रातिको अँध्यारोका कारण तालबाट बाहिरिएको पानीको परिमाण र बाढीबाट भएको क्षतिको पूर्ण मूल्यांकन हुन सकेको छैन । प्रारम्भिक विवरणले भने बाढीको प्रभाव ठूलो हुन सक्ने देखाएका छन् ।

    यस घटनापछि भारतको पश्चिम बंगालमा पनि सतर्कता बढाइएको छ । वनमन्त्री मनोज कुमार ओरांवले तल्लो तटीय क्षेत्रमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै संकोश नदी किनारका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेका छन् । 

    उनले प्रशासन तथा सम्बन्धित अधिकारीहरूलाई जोखिमयुक्त क्षेत्रका बासिन्दासँग सम्पर्क गर्न र आवश्यक परे सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउन निर्देशन दिएका समाचारमा उल्लेख छ । 

    प्रकाशित मिति :कार्तिक १३ २०८३ शुक्रवार - ०७:४३:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij