Logo

२०८३ कार्तिक १३ गते शुक्रवार

२०८३ कार्तिक १३ गते शुक्रवार

दुई अर्बभन्दा बढीको क्रिप्टो करेन्सीको कारोबारमा संलग्न एक युवक पक्राउ

दुई अर्बभन्दा बढीको क्रिप्टो करेन्सीको कारोबारमा संलग्न एक युवक पक्राउ


  • 337
    Shares

    दुई अर्बभन्दा बढीको क्रिप्टो करेन्सीको कारोबारमा संलग्न एक युवक पक्राउ
    images

    काठमाडौं । दुई अर्ब रुपैयाँभन्दा बढीको क्रिप्टो करेन्सीको कारोबारमा संलग्न भएको आरोपमा एक युवक पक्राउ परेका छन्।  

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई अर्ब १६ करोड एक लाख २० हजार ८२१ बराबरको कारोबारमा संलग्न भएको आरोपमा धनुषाका सुनिलकुमार यादवलाई पक्राउ गरेको हो।

    प्रारम्भिक अनुसन्धानका क्रममा यादवले अमेरिकी डलर दुई करोड ६९ लाख ८१ हजार ३८८ बराबरको क्रिप्टो कारोबार गरेको पाइएको छ। 

    यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाको समन्वयमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। 

    यादवलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–५ को दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने) तथा दफा २६२ (क) १ को (अभौतिक मुद्राको प्रयोग गर्न नहुने) अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

    प्रकाशित मिति :कार्तिक १३ २०८३ शुक्रवार - ०७:३५:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij