Logo

२०८३ कार्तिक १३ गते शुक्रवार

२०८३ कार्तिक १३ गते शुक्रवार

४ दिन लगातार बढेको सुनचाँदीको मूल्य आज घट्यो, कतिमा हुदैँछ कारोबार?

४ दिन लगातार बढेको सुनचाँदीको मूल्य आज घट्यो, कतिमा हुदैँछ कारोबार?


  • 540
    Shares

    ४ दिन लगातार बढेको सुनचाँदीको मूल्य आज घट्यो, कतिमा हुदैँछ कारोबार?
    images

    काठमाडौं । चार दिनसम्म लगातार बढेको सुनको भाउ आज घटेको छ। 

    सुनको भाउ आज तोलामा ३ हजार २ सय रुपैयाँ घटेर २ लाख ८० हजार ३ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको भाउ बिहीबार तोलामा ३ सय रुपैयाँ बढेर २ लाख ८३ हजार ५ सय पुगेको थियो। 

    चार दिनमा ५ हजार रुपैयाँ बढेको सुनको भाउ आज घटेको हो। सुनको भाउ बुधबार तोलामा ९ सय, मंगलबार ८ र सोमबार ३ हजार रुपैयाँ बढेको थियो। 

    साताको पहिलो दिन गत आइतबार भने सुनको भाउ तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको थियो। 

    त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ। चाँदीको भाउ आज तोलामा १०५ रुपैयाँ घटेर ३ हजार ८ सय २५ रुपैयाँमा झरेको महासंघले जनाएको छ। हिजो चाँदीको भाउ ३ हजार ९ सय ३० रुपैयाँ थियो। 

    गत वर्षको माघ १५ गते  सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। 

    त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

    गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो। 

    प्रकाशित मिति :कार्तिक १३ २०८३ शुक्रवार - ११:०५:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij