२०८३ कार्तिक १६ गते सोमवार
काठमाडौं । दसैंको अवसरमा प्रदर्शनमा आएका नेपाली फिल्ममध्ये ‘कबड्डी : आफ्टर द फाइनल म्याच’ले सबैभन्दा बढी कमाइ गरेको छ। फिल्मले प्रदर्शनको १० दिनमा १० करोड ७६ लाख रुपैयाँभन्दा बढी कमाएको छ।
चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्टअनुसार फिल्मले हालसम्म ३ लाख ४६ हजारभन्दा बढी टिकट बिक्री गरेको छ।
दसैंमा प्रदर्शनमा आएका ‘आ बाट आमा–२’, ‘छ माया छपक्कै–२’ र ‘१२ गाउँ–२’ ले भने अपेक्षाअनुसार कमाइ गर्न सकेका छैनन्।
कमाइको सूचीमा ‘आ बाट आमा–२’ ले ६ करोड २४ लाख रुपैयाँभन्दा बढी, ‘छ माया छपक्कै–२’ ले ३ करोड ३४ लाख रुपैयाँ र ‘१२ गाउँ–२’ ले २ करोड २९ लाख रुपैयाँभन्दा बढी कमाएका छन्।
यसैबीच, ‘पेन्सन पट्टा’ले १० करोड २८ लाख रुपैयाँभन्दा बढी र ‘बा एक योद्धा’ले ३ करोड ५४ लाख रुपैयाँभन्दा बढी कमाइ गरेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij