२०८३ कार्तिक १६ गते सोमवार
काठमाडौं । सिंहदरबारमा विपक्षी दलहरूको बैठक सुरु भएको छ। कांग्रेस संसदीय दलको कार्यालयमा बैठक केहीबेरअघि सुरु भएको हो ।
सरकारको स्वेच्छाचारिता, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथिको प्रहारलगायत विषयमा छलफल गर्न कांग्रेसले प्रतिपक्षी दलहरूको बैठक बोलाइएको बताएको छ ।
बैठकमा कांग्रेसबाट संसदीय दलका संसदीय दलका नेता भीष्मराज आङ्दाम्बे, राष्ट्रियसभा संसदीय दलका नेता कमला पन्त, प्रमुख सचेतक बासना थापा, एमाले संसदीय दलका उपनेता पदमा अर्याल, नेपाली कम्युनिस्ट पार्टीबाट परमेश हमाल, वर्षमान पुन र युवराज दुलाल, जनता समाजवादी पार्टीबाट महन्त ठाकुर, राप्रपाबाट खुश्बु ओली लगायत सहभागी छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij