२०८३ कार्तिक १६ गते सोमवार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका गतिविधिविरुद्ध साझा रणनीति बनाउन विपक्षी दलहरूको मोर्चा गठन गर्ने पहल गरेको छ।
सोमबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले विधिको शासन, प्रेस स्वतन्त्रता र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत सरकार अघि बढे प्रतिरोध गर्ने उद्देश्यसहित साझा मोर्चा बनाउने निर्णय गरेको हो।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार साझा रणनीति तय गर्न सोमबार दिउँसो १ बजे अन्य विपक्षी दलहरूसँग बैठक बोलाइएको छ।
त्यस्तै, अदालत, बिचौलिया र प्रहरी प्रशासनसँग जोडिएका पछिल्ला विषयमा पनि विपक्षी दलहरूसँग छलफल गरी संयुक्त कदम चालिने उनले बताए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij