२०८३ कार्तिक १६ गते सोमवार
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले फिल्डिङ रोजेका हुन्।
सुदूरपश्चिमले यसअघि खेलेका तीन खेलमध्ये एकमा जित र दुईमा हार बेहोरेको छ। पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थियो। तेस्रो खेलमा भने विराटनगर किंग्ससँग ३५ रनले पराजित भएको थियो।
यता, चितवनले एक खेलमा जित निकालेको छ भने अर्को खेल वर्षाका कारण प्रभावित भएपछि लुम्बिनी लायन्ससँग अंक बाँडेको थियो। चितवनले पहिलो खेलमा विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको थियो।
आजको खेलमा चितवनको कप्तानी सिकन्दर राजाले गर्नेछन्। यसअघि टोलीको कप्तानी रवि बोपाराले गरेका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij