Logo

२०८३ कार्तिक १६ गते सोमवार

२०८३ कार्तिक १६ गते सोमवार

नेपा एपको नयाँ अपडेट सार्वजनिक, यस्तो छ सुविधा

नेपा एपको नयाँ अपडेट सार्वजनिक, यस्तो छ सुविधा


  • 337
    Shares

    नेपा एपको नयाँ अपडेट सार्वजनिक, यस्तो छ सुविधा
    images

    काठमाडौं । नेपा एपले नयाँ अपडेट सार्वजनिक गर्दै ओसीआर, वर्ल्ड क्लक, वाटर रिमाइन्डर र बीएमआई क्याल्कुलेटरसहित विभिन्न डिजिटल सुविधा थपेको छ।

    नयाँ अपडेटको ओसीआर सुविधामार्फत फोटो तथा तस्बिरमा रहेका नेपाली अक्षरलाई डिजिटल टेक्स्टमा रूपान्तरण गर्न सकिन्छ। यसले किताब, पत्रपत्रिका र कागजातमा भएका सामग्री पुनः टाइप नगरी प्रयोग गर्न सहज बनाउनेछ।

    एपमा पानी पिउन सम्झाउने वाटर रिमाइन्डर, विभिन्न देशको समय हेर्न मिल्ने वर्ल्ड क्लक र शरीरको तौल तथा उचाइका आधारमा बीएमआई गणना गर्ने सुविधा पनि थपिएको छ।

    स्वास्थ्य सेवातर्फ अस्पतालमा उपलब्ध खाली बेड र ब्लड बैंकको सूची हेर्न सकिने सुविधा समावेश गरिएको छ। त्यस्तै, लोकसेवा आयोगका सूचना, टेन्डर, पेट्रोल तथा डिजेलको मूल्य, तरकारीको भाउ र जिल्लागत मौसमसम्बन्धी जानकारी पनि एपबाट प्राप्त गर्न सकिनेछ।

    यात्रालाई सहज बनाउन थपिएको ट्रिप क्याल्कुलेटरले यात्राको दूरी र सवारीसाधनको इन्धन खपतका आधारमा सम्भावित खर्च अनुमान गर्न सहयोग गर्नेछ।

    यसअघि नै नेपाली पात्रो, समाचार, रेडियो, राशिफल, सुनको मूल्य, विदेशी मुद्रा विनिमय दर, डकुमेन्ट स्क्यानर, नोट तथा रिमाइन्डरलगायत सुविधा उपलब्ध गराउँदै आएको नेपा एपले नयाँ अपडेटमार्फत दैनिक जीवनका थप आवश्यकतालाई एउटै प्लेटफर्ममा समेट्ने प्रयास गरेको छ।

    एन्ड्रोइड प्रयोगकर्ताले गुगल प्ले स्टोरमा उपलब्ध नेपा एपमा बाट एप डाउनलोड गर्न सक्नेछन्।

    प्रकाशित मिति :कार्तिक १६ २०८३ सोमवार - १७:१३:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij