२०८३ कार्तिक १७ गते मंगलवार
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी शरत् सिंह भण्डारीलाई दिइएको छ ।
अध्यक्ष उपेन्द्र यादव कात्तिक १८ गतेदेखि २१ गतेसम्म कोरियाको सियोलमा हुने आइक्यापकको कार्यक्रममा जाने भएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी भण्डारीलाई दिइएको हो ।
अध्यक्ष यादवले मङ्गलबार नोभेम्बर ४ देखि ७ सम्मका लागि भण्डारीलाई कार्यवाहकको जिम्मेवारी दिएको पत्र दिएका हुन् ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij