Logo

२०८३ कार्तिक १३ गते शुक्रवार

२०८३ कार्तिक १३ गते शुक्रवार

अब साना तथा मझौला व्यवसायीले डिजिटल माध्यमबाटै १० लाखसम्म ऋण पाउने

अब साना तथा मझौला व्यवसायीले डिजिटल माध्यमबाटै १० लाखसम्म ऋण पाउने


  • 1.9K
    Shares

    अब साना तथा मझौला व्यवसायीले डिजिटल माध्यमबाटै १० लाखसम्म ऋण पाउने
    images

    काठमाडौं । लघु, साना तथा मझौला व्यवसायीले अब डिजिटल माध्यमबाट १० लाख रुपैयाँसम्म कर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह गर्ने कर्जाको सीमा बढाएर उक्त सुविधा थपेको हो ।

    राष्ट्र बैंकले लघु, साना तथा मझौला व्यवसायी (एमएसएमई) लाई विद्युतीय माध्यमबाट कारोबारमा आधारित भई प्रवाह गरिने कर्जामा सहजीकरण गर्ने गरी मार्गदर्शनमा संशोधन गरेको छ । राष्ट्र बैंकले यसअघि तलबी खाता रहेको पेशागत तथा व्यावसायिक आय जम्मा हुने खाता रहेका ग्राहकको हकमा अधिकतम ५ लाखसम्म र अन्य ग्राहकको हकमा अधिकतम २ लाखसम्म विद्युतीय कर्जा उपलब्ध गराउन सक्ने सीमा तोकेको थियो । त्यसलाई संशोधन गर्दै लघु घरेलु क्षेत्रमा १० लाखसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरेको हो ।

    संशोधित मार्गदर्शनमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाहरूमा तलबी एवं पेशागत तथा व्यावसायिक आम्दानी जम्मा हुने खाता भएका प्राकृतिक व्यक्ति र लघु, साना तथा मझौला व्यवसायीलाई विद्युतीय कर्जा उपलब्ध गराउन सकिनेछ ।’

    बैंक तथा वित्तीय संस्थाहरूमा तलबी एवं पेशागत तथा व्यावसायिक आम्दानी जम्मा हुने खाता भएका प्राकृतिक व्यक्तिहरूलाई विद्युतीय कर्जाको अधिकतम सीमा ५ लाख रुपैयाँ तोकेको हो । यस्तो कर्जा भुक्तानी अवधिक बढीमा ३ वर्षको हुनेछ । तलबी खाता तथा पेशागत र व्यावसायिक आम्दानी जम्मा हुने खाता नभएका प्राकृतिक व्यक्तिका लागि अधिकतम कर्जा सीमा २ लाख र भुक्तानी अवधि ३ वर्ष तोकेको छ ।

    त्यस्तै, लघु, साना तथा मझौला व्यवसायीका लागि अल्पकालीन चालु पुँजी कर्जा ५ लाख र दीर्घकालीन चालु पुँजी कर्जाको सीमा १० लाख रुपैयाँ तोकेको छ । अल्पकालीन प्रकृतिको चालु पुँजी कर्जा अधिकतम १ वर्ष अवधिका लागि र दीर्घकालीन प्रकृतिको चालु पुँजी कर्जामा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो चालु पुँजी कर्जा नीति बमोजिम कर्जाको भुक्तानी अवधि निर्धारण गर्नुपर्ने संशोधित व्यवस्थामा उल्लेख छ ।

    प्रकाशित मिति :जेठ २६ २०८३ मंगलवार - ११:१३:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij