Logo

२०८३ कार्तिक १३ गते शुक्रवार

२०८३ कार्तिक १३ गते शुक्रवार

बारामा तीनवटा सवारीसाधन एकआपसमा ठोक्कियो, १० जना घाइते (सूचीसहित)

बारामा तीनवटा सवारीसाधन एकआपसमा ठोक्कियो, १० जना घाइते (सूचीसहित)


  • 113
    Shares

    बारामा तीनवटा सवारीसाधन एकआपसमा ठोक्कियो, १० जना घाइते (सूचीसहित)
    images

    बारा। बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२१ हेटौँडा–पथलैया सडकखण्डस्थित नेपाल आयल निगमको डिपो नजिक डिजेल बोकेको ट्यांकर, हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्।

    मिति २०८३।०७।१३ गते करिब १२:०० बजे अमलेखगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख २३४९ नम्बरको डिजेल बोकेको ट्यांकरमा वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको ग.२ ख १९९३ नम्बरको हाइस ठोक्किएको र सोही ईभी हाइसको पछाडि धरानबाट हेटौँडातर्फ आउँदै गरेको अनटेस्ट मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।

    दुर्घटनामा ट्यांकर चालक, हाइस चालक, मोटरसाइकल चालक र हाइसमा सवार यात्रुहरू गरी १० जना घाइते भएका प्रहरीले जनाएको छ।

    घाइतेहरूको विवरण निम्नानुसार छः
    १. जिल्ला बारा, जितपुर सिमरा उपमहानगरपालिका–१६ पिलुवा बस्ने ट्यांकर चालक वर्ष ५० को चेतनाथ खरेल, अवस्था सामान्य।

    २. जिल्ला कास्की, पोखरा महानगरपालिका–५ बस्ने हाइस चालक वर्ष ३८ को आशिष मल्ल, अवस्था सामान्य।
    ३. जिल्ला पर्सा, वीरगन्ज महानगरपालिका–२ बस्ने हाइसमा सवार वर्ष ४५ की समिना खातुन, अवस्था सामान्य।
    ४. निज समिना खातुनकी छोरी वर्ष २५ की सखीना खातुन, अवस्था सामान्य।
    ५. जिल्ला बारा, जितपुर सिमरा उपमहानगरपालिका बस्ने हाइसमा सवार वर्ष २२ की आशिका श्रेष्ठ, अवस्था सामान्य।
    ६. जिल्ला कास्की, पोखरा महानगरपालिका–१८ साराङकोट बस्ने वर्ष ४३ को मनोज थापा क्षेत्री, अवस्था सामान्य।
    ७. जिल्ला सुनसरी, धरान उपमहानगरपालिका–१६ बस्ने मोटरसाइकल चालक वर्ष २४ को सरोज गुभाजु, अवस्था सामान्य।
    ८. देश भारत, बिहार राज्य, पूर्वी चम्पारण बस्ने हाइसमा सवार वर्ष ७० को नवल किशोर साह, अवस्था सामान्य।
    ९. जिल्ला बारा, प्रसौनी गाउँपालिका–२ बस्ने वर्ष २४ को कुनिल पण्डित कुम्हार, अवस्था सामान्य।
    १०. देश भारत, पश्चिम बंगाल, हुग्ली बस्ने वर्ष २६ की साबनी दास, अवस्था सामान्य।

    घाइते सबैको अमलेखगन्जस्थित स्थानीय अक्कल बहादुर कार्की मेडिकल तथा नोभाकेयरमा उपचार भइरहेको छ। दुर्घटनापछि अवरुद्ध सडक एकतर्फी सञ्चालन गरिएकोमा १:५५ बजेबाट दुईतर्फी यातायात सञ्चालन भएको छ।

    दुर्घटनामा संलग्न तीनवटै सवारीसाधन नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अमलेखगन्ज, बारामा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

    प्रकाशित मिति :कार्तिक १३ २०८३ शुक्रवार - १६:४७:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij