२०८३ कार्तिक १४ गते शनिवार
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शनिबार २ खेल हुने तालिका छ। तर निरन्तर वर्षाका कारण खेल हुने सम्भवना निकै कम देखिएको छ।
आज पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज खेल्ने तालिका छ। सो खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ। दिनको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स खेल्नेछन्। सो खेल अपरान्ह ५ बजे सुरु हुनेछ।
तर बिहिबार रातिदेखिको वर्षाले आजका लागि तोकीएका दुवै खेल हुने सम्भावना न्युन छ। आजका लागि तोकीएका खेल वर्षाका कारण हुन नसके दुवै टोलीले अंक बाँड्नेछन्।
लुम्बिनी र चितवनले लिगको पहिलो खेलमा जित निकाल्दै विजय सुरुवात गरेका छन्।
लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको थियो। चितवनले पनि विराटनगरलाई ८ रनले हराउँदै जित हात पारेको थियो।
वर्षा रोकिएर खेल भएको अवस्थामा दुवै टोली स्पष्ट जितको खोजीमा मैदान उत्रनेछन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij