Logo

२०८३ कार्तिक १६ गते सोमवार

२०८३ कार्तिक १६ गते सोमवार

आजको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

आजको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक


  • 428
    Shares

    आजको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ ।

    युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८९ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ०७ पैसा र बिक्रीदर २०३ रुपैयाँ ८७ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८४ रुपैयाँ ५१ पैसा कायम गरिएको छ ।

    अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९४ पैसा, सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ११ पैसा तोकिएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ ६२ पैसा र बिक्रीदर नौ रुपैयाँ ६६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७९ पैसा र बिक्रीदर २२ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ । 

    साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४० पैसा र बिक्रीदर ४० रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७८ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ४९ पैसा र बिक्रीदर चार रुपैयाँ ५१ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ २९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४५ पैसा निर्धारण गरिएको छ । 

    मलेसियन रिंगेट एकको खरिददर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५२ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ३७ पैसा र बिक्रीदर ११ रुपैयाँ ४१ पैसा कायम गरिएको छ । स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १५ रुपैयाँ ४९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६४ पैसा र बिक्रीदर २२ रुपैयाँ ७३ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १९ रुपैयाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर ४९१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ८५ पैसा तोकेको छ । 

    बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ ६७ पैसा बिक्रीदर ४०३ रुपैयाँ २६ पैसा, ओमनी रियाल एकको खरिददर ३९३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ३९ पैसा रहेको छ ।

    भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक १६ २०८३ सोमवार - ०६:५७:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij