Logo

२०८३ कार्तिक १६ गते सोमवार

२०८३ कार्तिक १६ गते सोमवार

मौसम पूर्वानुमान

आज हिमाली र पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

आज हिमाली र पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना


  • 561
    Shares

    आज हिमाली र पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
    images

    काठमाडौं । देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना छ । हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो । 

    नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिक बादल लाग्नेछ । देशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । 

    लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    विभागले राति देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने बताएको छ । तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको विभागले जानकारी दिएको छ ।

    हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।

    प्रकाशित मिति :कार्तिक १६ २०८३ सोमवार - ०७:०४:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij